उपमहानगरपालिकाद्वारा निशुल्क शव वाहन सेवा
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले निशुल्क शव वाहनको सेवा दिन सुरु गरेको छ ।
उपमहानगरपालिका क्षेत्रभित्रमा घरमा वा अस्पतालमा कसैको मृत्यु भइहालेमा आर्यघाट सम्म पु¥याउन सहज होस भन्ने उद्देश्यले निशुल्क शव वाहनको सेवा सुरु गरिएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बताए ।
उपमहानगरपालिकाले ठेक्का मार्फत २३ लाख ३५ हजार रुपैयाँ लागतमा शव वाहन खरिद गरिएको हो । उपमहानगरपालिका क्षेत्रमा कसैको मृत्यु भएमा पोष्टमार्टमका लागि अस्पताल सम्म ल्याउन पनि शव वाहनले सेवा दिने मेयर महतले बताए ।










