मंगलबार मकवानपुरमा ८२ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
१२ श्रावण २०७८, मंगलवार १५:१२
;

मकवानपुर । मंगलबार मकवानपुरमा ८२ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ७९ जनाको पिसआर र ५३ जनाको एन्टिजेन गरी जम्मा २ सय ३२ जनाको परिक्षण गर्दा ८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १२ हजार ६ सय ६३ जनामा कोरोना पुष्टि भएकोमा ११ हजार ९ सय १७ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मवानपुरमा ६ सय ६ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ४० जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*