शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी

हेटौडा न्युज
१२ श्रावण २०७८, मंगलवार १९:०१
;

मकवानपुर । नेपाली सेनाका रथी प्रभुराम शर्मालाई सरकारले कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । शर्माले हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका थिए ।

हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदैछन् । अवकाशको एक महीना अघि विदा बस्ने परम्परा अनुरुप उनले २४ साउनबाट विदा बस्ने तयारी गरेका छन् ।

थापा विदा बसेबाट लागू हुने गरी शर्मालाई कामु सेनापतिको जिम्मेवारी दिन सिफारिस गरिएको स्रोतको भनाइ छ ।

थापाको औपचारिक विदाइ भने २५ भदौमा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*