लागूऔषध सहित २ जना पक्राउ

हेटौडा न्युज
१३ श्रावण २०७८, बुधबार १९:०९
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध नाईट्रोभेट, डाईजेपाप, फेनारगन र नुफिन सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नम्बर १ बस्ने २७ वर्षीय राज मुक्तान र  दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा नम्बर ३ बस्ने २० वर्षीय गौरवराज सेढाई रहेका छन् ।

साउन १२ गते दिउँसो हेटौडा तर्फ बाट काठमाण्डौ तर्फ जांदै गरेको प्रदेश ०३–०–००१ ज ००३३ नम्बरको यात्रु बाहक सुमोलाई चेकजाँच गर्दा उक्त सुमोमा सवार दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा नम्बर ३ बस्ने २० वर्षीय गौरवराज सेढाईले बोकेको झोलामा लुकाई छिपाई ल्याएको लागुऔषध नाईट्रोभेट २ सय ३३ ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै हेटौडा तर्फ बाट काठमाण्डौ तर्फ जांदै गरेको ना १ ज २५०७ नम्बरको यात्रु बाहक जिपलाई चेकजाँच गर्दा उक्त जिपमा सवार मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नम्बर १ बस्ने २७ वर्षीय राज मुक्तानले बोकेको झोलामा लुकाई छपाई ल्याएको ३५ एम्पुल लागूऔषध डाईजेपाप, ३५ एम्पुल फेनारगन, ३५ एम्पुल नुफिन फेला परेको प्रहरीले जनाएको छ ।

उक्त लागूऔषध सहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*