बिहीबार मकवानपुरमा ४५ जनाले जिते कोरोना

हेटौडा न्युज
१४ श्रावण २०७८, बिहीबार १५:५४
;

मकवानपुर । बिहीबार मकवानपुरमा ४५ जना कोरोना भाईरस सङ्क्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ४५ जना कारोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १२ हजार ८ सय २९ जनामा कोरोना पुष्टि भएकोमा १२ हजार ३७ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मवानपुरमा ६ सय ५१ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ४१ जनाको मृत्यु भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*