काठमाडौंमा आजदेखी रातको समयमा सवारी चलाउन नपाईने

हेटौडा न्युज
२८ श्रावण २०७८, बिहीबार १०:५६
;

मकवानपुर । काठमाडौं उपात्यकामा आज देखि रातको समयमा सवारीसाधन सञ्चालमा गर्न नपाईने भएको छ ।

जिल्ला प्रशासन कार्यालयको निर्णयअनुसार आजदेखि रातीको समयमा सवारी साधन चलाउन नपाइने भएको हो । कोरोना सङ्क्रमण बढ्दै गएका कारण कार्यालयले जारी गरेको आदेशमा निशेधाज्ञा भदौ ८ गतेसम्म थपेर आजदेखि रातीको समयमा निजी तथा सार्वजनिक सवारी सञ्चालन गर्न नपाईने जनाएको छ ।

पछिल्लो समय उपत्यकामा दैनिक १ हजारदेखि २ हजारका दरले कोरोना सङ्क्रमित थपिन थालेपछि निषेधाज्ञालाई थप कडाई गर्न थालिएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*