अनेरास्ववियुले बुझायो हेटौंडा क्याम्पसलाई ज्ञापन पत्र

हेटौडा न्युज
२८ श्रावण २०७८, बिहीबार १६:५५
;

मकवानपुर । अनेरास्ववियु हेटौंडा क्याम्पस कमिटीले क्याम्पस प्रशासनलाई ज्ञापन पत्र बुझाएको छ ।

बिहीबार अनेरास्ववियु हेटौंडा क्याम्पस कमिटीका संयोजक अभि मैनालीको संयोजकत्वमा क्याम्पस प्रमुख देवचन्द्र मानन्धरलाई ज्ञापन पत्र बुझाएको हो ।

क्याम्पसमा नयाँ भर्ना लगाएतका प्रशासनिक कामका लागी आउने विद्यार्थी र अभिभावकले समस्या भोग्नु परेको भन्दै विहान ९ बजेदेखी साझ ५ बजे सम्म प्रशासन सञ्चालन गर्ने व्यवस्था मिलाउन ज्ञापन बुझाईएको अनेरास्ववियु हेटौंडा क्याम्पस कमिटीका संयोजक अभि मैनालीले जानकारी दिए ।

सबै विद्यार्थीहरुलाई समेटेर अनलाईन कक्षाहरुलाई प्रभावकारी बनाउँदै यस विषम परिस्थितीमा विद्यार्थीसँग चर्को शुल्क नलिन समेत ज्ञापन पत्रमा उल्लेख गरीएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*