शुक्रबार मकवानपुरमा ५० जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२९ श्रावण २०७८, शुक्रबार १५:००
;

मकवानपुर । शुक्रबार मकवानपुरमा ५० जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९४ जनाको पिसआर र २० जनाको एन्टिजेन गरी जम्मा १ सय १४ जनाको परिक्षण गर्दा ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १४ हजार २ सय ११ जनामा कोरोना पुष्टि भएकोमा १३ हजार ४ सय ४४ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मवानपुरमा ६ सय १३ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ५४ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*