शुक्रबार मकवानपुरमा ४ सय ३३ जनाले जिते कोरोना
मकवानपुर । शुक्रबार मकवानपुरमा ४ सय ३३ जना कोरोना भाईरस सङ्क्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ४ सय ३३ जना कारोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १४ हजार २ सय ११ जनामा कोरोना पुष्टि भएकोमा १३ हजार ४ सय ४४ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मवानपुरमा ६ सय १३ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ५४ जनाको मृत्यु भएको छ ।










