१० ओटै स्थानीय तहहरु मध्ये थाहा नगरपालिका उत्कृष्ट

हेटौडा न्युज
२९ श्रावण २०७८, शुक्रबार १५:४१
;

मकवानपुर । थाहा नगरपालिका मकवानपुर जिल्लाकै उत्कृष्ट स्थानीय तहको रुपमा परस्कृत भएको छ ।

शुक्रबार हेटौंडामा भएको जिल्ला समन्वय समिति मकवानपुरको छैठौं जिल्ला सभाको कार्यक्रममा जिल्लाकै उत्कृष्ट स्थानीय तहको रुपमा पुरस्कृत गरीएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले थाहा नगरपालिकाका मेयर लबशेर बिष्टलाई सम्मानपत्र प्रदान गरेका हुन् ।

जिल्ला समन्वय समितिले गरेको मुल्याङ्कनका आधारमा थाहा नगरपालिका तेस्रो पटक प्रथम हुन सफल भएको हो ।

यस्तै मनहरी गाउँपालिका दोस्रो र बकैया गाउँपालिका तेस्रो हुन सफल भएको छ । यस्तै कार्यक्रममा कोरोना माहामारीका समयमा सहयोग र समन्वय गर्ने विभिन्न संघ संस्थाहरुलाई समेत सम्मान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*