शनिबार मकवानपुरमा ३८ जनामा कोरोना पुष्टि
मकवानपुर । शनिबार मकवानपुरमा ३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ९४ जनाको पिसिआर र १९ जनाको एन्टिजेन गरी जम्मा १ सय १३ जनाको परिक्षण गर्दा ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १४ हजार २ सय ४९ जनामा कोरोना पुष्टि भएकोमा १३ हजार ४ सय ८२ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मवानपुरमा ६ सय १३ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ५४ जनाको मृत्यु भएको छ ।










