शनिबार कोरोनाका कारण २० जनाको मृत्यु, २ हजार ६ सय २४ सङ्क्रमित थपिए
मकवानपुर । शनिबार नेपालमा २ हजार ६ सय २४ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५ सय ७३ जनाको कोरोना परिक्षण गर्दा २ हजार ६ सय २४ सङ्क्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण २० जनाले ज्यान गुमाएका छन् । १ हजार ३ सय २० जना सङ्क्रमण मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार मुलुकमा ३९ हजार ४ सय ५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।










