मुख्यमन्त्री पौडेलले गरे हेटौंडा अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटन
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा अस्पतालको अक्सिजन प्लान्ट उद्घाटन् गरेका छन् ।
उद्योग संघ मकवानपुरले ३१ जना सहयोगी हातहरुबाट रकम संकलन गएक करोड ३६ लाख ९५ हजार रुपैयाँ लागतमा अक्सिजन खरि गरेर अस्पताललाई हस्तान्तरण गरिएको छ ।
कोरोना संक्रमणका बिरामी अस्पतालमा थपीदै गएपछी निजी क्षेत्रका उद्योगी, व्यावसायीहरुको सहयोगमा उद्योग संघ मकवानपुरले अक्सिजन प्लान्ट खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेको हो ।
उक्त प्लान्टबाट दैनिक एक सय १५ देखि १ सय २० शिलिण्डर सम्म अक्सिजन उत्पादन हुने बताईएको छ । उद्योगसंघ मकवानपुरका अध्यक्ष लेखराज पोख्रेलले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार तथा हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेका हुन् ।










