स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन भएको छ: मुख्यमन्त्री पौडेल
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा अस्पतालको सेवामा आमुल परिवर्तन भएको बताएका छन् ।
उद्योग संघ मकवानपुरले हेटौंडा अस्पताललाई हस्तान्तरण गरेको अक्सिजन प्लान्टको उद्घाटन् गर्दै उनले हेटौंडा अस्पतालमा पहिलेको तुलनामा निकै विकास भएको दाबी गरे ।
उनले अस्पतालको सेवा विस्तार गर्दे दक्ष जनशक्ति उत्पादन गर्न प्रदेश सरकारले तयारी थालेको बताए ।
उनले प्रदेश सरकारले मातहतका सबै अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने काम सुरु गरीएकाको बताए ।










