आईतबार मकवानपुरमा १९ जनामा कोरोना पुष्टि
मकवानपुर । आईतबार मकवानपुरमा १९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३२ जनाको पिसिआर र ४० जनाको एन्टिजेन गरी जम्मा ७२ जनाको परिक्षण गर्दा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १४ हजार २ सय ६८ जनामा कोरोना पुष्टि भएकोमा १३ हजार ५ सय ७१ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मवानपुरमा ५ सय ४२ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ५५ जनाको मृत्यु भएको छ ।










