बालश्रम अन्त्य गर्न मन्त्री बस्नेतलाई ज्ञापन पत्र

हेटौडा न्युज
३१ श्रावण २०७८, आईतवार १६:५९
;

मकवानपुर । बाल कल्याण समाज मकवानपुर लगाएतका संघ संस्थाहरुले बालश्रम अन्त्यका लागि बागमती प्रदेशकी सामाजिक बिकास मन्त्री सरस्वती बस्नेत समक्ष ज्ञापनपत्र बुझाएको छ ।

अन्तराष्ट्रिय युवा दिवसको  सप्ताहव्यापी कार्यक्रमको अवसरमा प्रदेश युवा परिषद्को आयोजना र बाल कल्याण समाज मकवानपुरको समन्वयमा मन्त्री बस्नेतलाई ज्ञापन पत्र बुझाइएको हो । बाल कल्याण समाज मकवानपुरका अध्यक्ष प्रकाश खतिवडा तथा प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाइले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा बालश्रम निवारण सम्बन्धी गुरुयोजना कार्यान्वयनमा ल्याउन, बालश्रमको अवस्था र तथ्याङ्क यथार्थ परक निकाल्नुुपर्ने, प्रदेश बालबालिका सम्बन्धी ऐन २०७६ व्यवहारमा उतार्नुपर्ने, बालश्रम निवारणका लागि प्रदेश युवा परिषदमार्फत युवाहरुको सहभागिता सुनिश्चित गर्नुपर्ने, कोभिडको सम्भावित भेरियन्टबाट बालबालिकालाई जोगाउन बिशेष पहल गरिनुपर्ने लगायतका मागहरु राखिएका छन् ।

ज्ञापनपत्र बुझ्दै मन्त्री बस्नेतले आजका बालबालिका नै भोलि परिवर्तनका संवाहक युवा हुने भएकोले बालबालिकाका कार्यक्रमलाइ सामाजिक बिकास मन्त्रालयले प्राथमिकतामा राखिने बताईन् । यस्तै बालश्रम निबारणका लागि अभिभावक बिहिन बालबालिकालाई संरक्षण तथा सामाजिक सुरक्षा कार्यक्रमलाई बिशेष जोड दिने मन्त्री बस्नेतले प्रतिबद्धता व्यक्त गरिन् ।

ज्ञापनपत्रमा नारी सिप श्रृजना केन्द्र, नव चिन्तनशिल युवा क्लब, सिविन नेपाल, मामाघर नेपाल, स्थर बेन्जामिन स्मृति सँस्था, हिम राइट्स, माइती नेपाल लगायतका दर्जन बढी सँस्थाहरुले ऐक्यबद्धता जनाएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*