शिक्षामा युवा सहभागिता विषयक छलफल कार्यक्रम सम्पन्न
मकवानपुर । शिक्षामा युवा सहभागिता विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम सोमबार हेटौंडामा भएको छ ।
अन्तराष्ट्रिय युवा दिवसको सप्ताहव्यापी कार्यक्रमको अवसरमा बागमती प्रदेश युवा परिषद् र शिक्षका लागी राष्ट्रिय अभियान मकवानपुरको संयुक्त आयोजना तथा गैर सरकारी संस्था महासंघ बागमती प्रदेशको समन्वयमा कार्यक्रम भएको हो ।
शिक्षाका लागि राष्ट्रिय अभियान मकवानपुरका संयोजक बुद्धवीर लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममो शिक्षामा युवाहरुको भुमिका कस्तो हुनुपर्दछ भन्ने विषयमा छलफल गरिएको थियो । कार्यक्रममा विभिन्न् संघ संस्थाका प्रतिनिधिहरु , युवाहरु लगाएतकाको उपस्थिति रहेको थियो ।










