प्रदेश युवा परिषद् राज्यले लिएको निति अनुसार तिव्र रुपमा अघि बढ्छ: उपाध्यक्ष चौलागाई

हेटौडा न्युज
३२ श्रावण २०७८, सोमबार १२:२९
;

मकवानपुर । बागमती प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईले प्रदेश युवा परिषद् राज्यले लिएको निति अनुसार तिव्र रुपमा अघि बढ्ने बताए ।

सोमबार अन्तराष्ट्रिय युवा दिवसको सप्ताहव्यापी कार्यक्रमको अवसरमा हेटौंडामा भएको कार्यक्रममा बोल्दै उपाध्यक्ष चौलागाईले प्रदेश युवा परिषद् राज्यले लिएको निति अनुसार तिव्र रुपमा अघि बढ्ने बताए ।

उनले भने “प्रदेश सरकारले ऐन निर्माण गरी प्रमाणिकरण गरेर युवा परिषद्को पदाधिकारी नियुक्त र कार्यालय स्थापना गरीसकेको छ । अब बागमती प्रदेश युवा परिषद् राज्यले लिएको निति अनुसार तिव्र रुपमा अघि बढ्छ । ”

उनले युवाहरुलाई शिक्षा , रोजगारी र उत्पादनसँग जोड्न प्रदेश युवा परिषद्ले तिनै तहका सरकारसँग समन्वय गर्ने बताए । युवाहरुका क्षेत्रमा देखिएका समस्याहरुलाई युवाहरुबाट सुझाव सङ्कलन गर्दे समस्या समाधान गर्न युवा परिषद्ले भुमिका निर्वाह गर्ने उपाध्यक्ष चौलागाईको भनाई थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*