मंगलबार बिहान अफगानिस्तानबाट १ सय २७ जना नेपाल आइपुगे
मकवानपुर । अफगानिस्तानबाट कतार हुँदै १ सय २७ जना नेपाल आइपुगेका छन् ।
उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । १ सय २७ जनामध्ये ११८ जना नेपाली र ९ जना भारतीय नागरिक हुन् ।
अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कतार पुर्याएको थियो ।










