मंगलबार मकवानपुरमा २९ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
१ भाद्र २०७८, मंगलवार १४:३३
;

मकवानपुर । मंगलबार मकवानपुरमा २९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ सय १८ जनाको पिसिआर र २ सय ३३ जनाको एन्टिजेन गरी जम्मा ३ सय ५१ जनाको परिक्षण गर्दा २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १४ हजार ३ सय ४६ जनामा कोरोना पुष्टि भएकोमा १३ हजार ७ सय ७९ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा ४ सय १२ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ५५ जनाको मृत्यु भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*