मंगलबार मकवानपुरमा सङ्क्रमित भन्दा निको हुने ३ गुणा बढी, ९२ जनाले जिते कोरोना

मकवानपुर। मंगलबार मकवानपुरमा ९२ जना कोरोना भाइरस सङ्क्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ९२ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १४ हजार ३ सय ४६ जनामा कोरोना पुष्टि भएकोमा १३ हजार ७ सय ७९ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा ४ सय १२ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ५५ जनाको मृत्यु भएको छ ।