बिहीबार मकवानपुरमा ३५ जनामा कोरोना पुष्टि
मकवानपुर । बिहीबार मकवानपुरमा ३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ सय १८ जनाको पिसिआर र ६० जनाको एन्टिजेन गरी जम्मा १ सय ७८ जनाको परिक्षण गर्दा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १४ हजार ४ सय ३६ जनामा कोरोना पुष्टि भएकोमा १३ हजार ९ सय ७५ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा ३ सय ५ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ५६ जनाको मृत्यु भएको छ ।










