बिहीबार मकवानपुरमा ९५ जनाले जिते कोरोना

हेटौडा न्युज
३ भाद्र २०७८, बिहीबार १५:४४
;

मकवानपुर। बिहीबार मकवानपुरमा ९५ जना कोरोना भाइरस सङ्क्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ९५ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १४ हजार ४ सय ३६ जनामा कोरोना पुष्टि भएकोमा १३ हजार ९ सय ७५ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा ३ सय ५ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ५६ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*