चुरियामाईमा बस दुर्घटना, मकवानपुरका रेग्मीको मृत्यु
मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तरर्गत चुरियामाईमा यात्रुवाहक बस दुर्घटना भएको छ ।
मकवानपुर र बाराको सिमना चुरियामाई मन्दिर ओरालोमा दुर्घटना हुँदा बसका चालक हेटौंडा–८ कमानेका ४९ बर्षीय धर्मराज रेग्मीको मृत्यु भएको छ । उनको उपचारका लागि हेटौंडा ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट रौतहटको बंकुलतर्फ जाँदै गरेको ना ६ ख ४६४१ नम्बरको बस दुर्घटनामा १८ जना घाइते भएका छन् ।
बसले सोहि दिशातर्फ गइरहेको मोटरसाइकललाई सकेत ठक्कर दिएको छ । बागमती प्रदेश ०३–००१ प ४११ नम्बरको मोटरसाइकल बसको ठक्करबाट मोटरसाइक चालक हेटौंडा चौकीटोलका ३५ बर्षीय इन्द्रबहादुर कार्की घाइते भएको साथै उनको हेटौंडामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।










