बागमती प्रदेशमा १ हजार २ सय ६८ नयाँ सङ्क्रमित थपिए, ९ सय ८३ जना सङ्क्रमण मुक्त, १० जनाको मृत्यु
मकवानपुर । बिहीबार बागमती प्रदेशमा १ हजार २ सय ६८ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा ८ हजार ७ सय १८ जनाको कोरोना परिक्षण गर्दा १ हजार २ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा प्रदेशका ९ सय ८३ जना कोरोना सङ्क्रमण मुक्त भएको मन्त्रालयका कोभिड प्रवक्ता डाक्टर पुरुषोत्तमराज सेढाईले जानकारी दिए ।
कोरोनाकै कारण प्रदेशमा पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । हालसम्म प्रदेशमा ४ लाख ४ हजार ४ सय २१ जनामा कोरोना पुष्टि भएकोमा ३ लाख ८२ हजार १ सय ४ जना कोरोना सङ्क्रमण मुक्त भएको डाक्टर सेढाईले जानकारी दिए ।
कोरोनाकै कारण हालसम्म प्रदेशमा ४ हजार २ सय १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।










