भदौ ७ गते सार्वजनिक बिदा
मकवानपुर । बागमती प्रदेशमा भदौ ७ गते सार्वजनिक बिदा दिने प्रदेश सरकारले निर्णय गरेको छ ।
गााईजात्राका अवसरमा बागमती प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै प्रदेशमा गाईजात्रा पर्वको उपलक्ष्यमा भदौ ७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।










