शुक्रबार मकवानपुरमा ४६ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
४ भाद्र २०७८, शुक्रबार १८:३४
;

मकवानपुर । शुक्रबार मकवानपुरमा ४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ८ जनाको पिसिआर र ५० जनाको एन्टिजेन गरी जम्मा १ सय ५८ जनाको परिक्षण गर्दा ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १४ हजार ४ सय ८२ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार ४३ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा २ सय ८३ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ५६ जनाको मृत्यु भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*