शुक्रबार मकवानपुरमा ६८ जनाले जिते कोरोना
मकवानपुर। शुक्रबार मकवानपुरमा ६८ जना कोरोना भाइरस सङ्क्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा ६८ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १४ हजार ४ सय ८२ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार ४३ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा २ सय ८३ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ५६ जनाको मृत्यु भएको छ ।










