बसपार्क क्षेत्रमा मेयर महतको अनुगमन
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाकाख मेयर हरि बहादुर महतको नेतृत्वमा वडा नम्बर १० बसपार्क क्षेत्रको अनुगमन गरिएको छ ।
बसपार्क क्षेत्रलाई सुरन्दर र सफा बनाउदै व्यवस्थित बनाउन अनुगमन गरिएको हो । मेयर महत सहितको टोलिले बसपार्क क्षेत्रमा रहेका माछामासु पसल, तरकारी पसलहरुको निरीक्षण गरेका थिए ।
अनुगमनमा उपमहानगरपालिकाका प्रशासन शाखाका प्रमुख रामकृष्ण थापा, राजस्व शाखाका प्रमुख श्याम श्रेष्ठ लगायतकाको सहभागिता रहेको थियो ।










