शनिबार मकवानपुरमा २२ जनामा कोरोना पुष्टि
मकवानपुर । शनिबार मकवानपुरमा २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ सय २ जनाको पिसिआर र १५ जनाको एन्टिजेन गरी जम्मा १ सय १७ जनाको परिक्षण गर्दा २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १४ हजार ५ सय ४ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार ८४ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा २ सय ६४ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ५६ जनाको मृत्यु भएको छ ।










