मकवानपुरगढीमा बेलीवृज निर्माण हुदैँ, दशैंभित्र सञ्चालनमा आउने
मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ र वडा नम्बर ३ जोड्ने सामरी खोेलामाथि निर्माणाधीन फलामे पुल (बेलीवृज) निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
संघीय सरकारकोे करिब १ करोड १८ लाख रुपैैयाँ सहयोग तथा पालिकाकोे करिब २ करोड रुपैयाँ बराबर लागतमा निर्माण भइरहेको पुल दशैं अगाडि सम्ममा सञ्चालन गरिने मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले बताए । ८० मिटर लम्बाई रहेको निर्माणाधीन पुलको स्पान सङ्ख्या २ रहेकोे छ ।










