अपहरण गरी भारत पुर्याईएका हेटौंडाका २ जनाको उद्धार
मकवानपुर । प्रहरीले अपहरण गरी भारत पुर्याईएका हेटौंडाका २ जनाको उद्धार गरेको छ ।
अपहरणमा परेका हेटौंडा उपमहानगरपालिका वडा नम्बर –९ स्वागतटोलका २२ बर्षीय पवन राना मगर र २३ बर्षीय गोविन्द श्रेष्ठलाई भारत पूर्वी चम्पारणको मोतिहारीबाट उद्धार गरिएको हो ।
उनीहरुलाई ३ जना भारतीयले अपहरण गरि ५ लाख रुपैंया फिरौती मागेका थिए । भदौ ३ गते राति हेटौंडा बसपार्कबाट अपहरण गरी भारत पुर्याईएका उनीहरुको भारत पूर्वी चम्पारणको मोतिहारीबाट उनीहरुको उद्धार गरिएको हो ।
उनीहरुका आफन्तले प्रहरीलाई निवेदन दिएपछि मकवानपुर प्रहरीको सक्रियतामा पर्सा प्रहरी र भारत प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपु्रका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
उद्धार गरिएका राना र श्रेष्ठलाई परिवारको जिम्मा लगाईएको छ ।घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।










