आईतबार मकवानपुरमा सङक्रमितको सङ्ख्या शुन्य, ४१ जनाले जिते कोरोना

हेटौडा न्युज
६ भाद्र २०७८, आईतवार १५:४५
;

मकवानपुर। आईतबार मकवानपुरमा ४१ जना कोरोना भाइरस सङ्क्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १४ जनाको एन्टिजेन परिक्षण गर्दा सङ्क्रमितको सङ्ख्या शुन्य रहेको छ । भने ४१ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १४ हजार ५ सय ४ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार १ सय २५ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा २ सय २२ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ५७ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*