मानुषी लघुवित्तको (आईपीओ) बाँडफाँड

हेटौडा न्युज
७ भाद्र २०७८, सोमबार १०:४७
;

मकवानपुर । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ ।

सोमबार बिहान शेयरको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा उक्त आइपीओ बाँडफाँड भएको हो । मागभन्दा अधिक आवेदन परेका कारण गोलाप्रथाद्वारा शेयर बाँडफाड गरिएको हो ।

जसअनुसार कुल ३६ हजार ८ सय ५६ जना सर्वसाधारणले १० कित्ताका दरले सेयर हात पारेका छन् भने भाग्यमानी ३ जनाले ११ कित्ताका दरले पाएका छन् । लघुवित्तको आईपिओमा २३ लाख ५४ हजार ७ सय ८४ जनाको रीतपूर्वक आवेदन परेको थियो । तीमध्ये अधिकांशको हात खाली रहेको छ ।

लघुवित्तले प्रति कित्ता १ सय रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*