कोरोनाका कारण मकवानपुरमा थप एक जनाको मृत्यु
मकवानपुर । कोरोना भाइरस सङ्क्रमणका कारण मकवानपुरमा थप एक जनाको मृत्यु भएको छ ।
सोमबार बिहान हेटौंडा अस्पतालमा उपचाररत बकैया गाउँपालिका वडा नम्बर –४ की ५६ वर्षीया सङ्क्रमित महिलाको मृत्यु भएको हेटौंडा अस्पतालका सूचना अधिकारी राजिव झाले जानकारी दिए ।
उनका अनुसार महिलामा साउन २८ गते कोरोना पुष्टि भएको थियो । भने उपचारको लागि साउन ३२ गते हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो । मृतक महिलाले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएकी थिईन् ।
यो संगै कोरोनाका कारण मकवानपुरमा १ सय ५८ जनाको मृत्यु भएको छ ।










