सोमबार मकवानपुरमा ५३ जनाले जिते कोरोना
मकवानपुर। सोमबार मकवानपुरमा ५३ जना कोरोना भाइरस सङ्क्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ३ जनामा कोरोना पुष्टि भएकोमा ५३ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १४ हजार ५ सय ७ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार १ सय ७८ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा १ सय ७१ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ५८ जनाको मृत्यु भएको छ ।










