सोमबार मकवानपुरमा मास्क नलगाउने १० जनाले तिरे जरिवाना

हेटौडा न्युज
७ भाद्र २०७८, सोमबार १८:००
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमबार मास्क नलगाउने १० जनालाई कार्वाही गरेको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको चेकिङ टोलीले मास्क नलगाउने १० जनालाई जनही एक सय रुपैँयाका दरले जरिवाना गराएको छ ।

यस्तै प्रहरीले विभिन्न स्थानमा ६४ थान मास्क वितरण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*