दुबै गाउँपालिकाको समन्वयमा बुङ्दल झरनालाई पर्यटकीय गन्तब्य बनाईने

हेटौडा न्युज
८ भाद्र २०७८, मंगलवार १२:०२
;

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ र भीमफेदी गाउँपालिका वडा नम्बर–१को वीचमा रहेको प्राकृतिक झरनालाई पर्यटकीय गन्तब्यका रुपमा अगाडी वढाइने भएको छ ।

दुबै गाउँपालिकाका जनप्रतिनिधिहरुले स्थलगत रुपमा अवलोकन गरेपछी सो क्षेत्रलाई पर्यटकिय गन्तब्यका रुपमा अगाडी बढाईने भएको छ । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाँई र भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना लगायतकाको टोलीले बुङ्दल झरनाको निरिक्षण गरेपछी उक्त क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि दुबै गाउँपालिका सहमत भएका छन् ।

सो क्षेत्रको समग्र विकासका लागि गुरुयोजना निर्माण गरि आकर्षक गन्तव्य बनाईने बताईएका छ । उक्त झरनामा मकवानपुर जिल्लाको विभिन्न स्थानबाट मानिसहरु घुम्नका लागि जाने गरेका छन् । विदाको समयमा फोटो खिच्ने, पानीमा रमाउनेहरुको बाक्लो उपस्थिति रहने गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*