मंगलबार मकवानपुरमा ४३ जनामा कोरोना पुष्टि
मकवानपुर । मंगलबार मकवानपुरमा ४३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ सय ९ जनाको पिसिआर र १ सय १६ जनाको एन्टिजेन गरी जम्मा २ सय २५ को कोरोना परिक्षण गर्दा ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १४ हजार ५ सय ५० जनामा कोरोना पुष्टि भएकोमा १४ हजार २ सय २२ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा १ सय ६९ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ५९ जनाको मृत्यु भएको छ ।










