मंगलबार मकवानपुरमा ४४ जनाले जिते कोरोना
मकवानपुर। मंगलबार मकवानपुरमा ४४ जना कोरोना भाइरस सङ्क्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ४३ जनामा कोरोना पुष्टि भएकोमा ४४ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
हालसम्म जिल्लामा १४ हजार ५ सय ५० जनामा कोरोना पुष्टि भएकोमा १४ हजार २ सय २२ जना सङ्क्रमण मुक्त भएका छन् ।
अहिले मकवानपुरमा १ सय ६९ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ५९ जनाको मृत्यु भएको छ ।










