१ सय ४ किलो लागूऔषध गाँजा, मिनिट्रक सहित चालक पक्राउ

हेटौडा न्युज
९ भाद्र २०७८, बुधबार १४:५९
;

मकवानपुर । मकवानपुर प्रहरीले १ सय ४ किलो लागूऔषध गाँजा, मिनिट्रक सहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ बुढिचौरका ४१ वर्षीय अम्बर बहादुर घिसिङ रहेका छन् ।

मंगलबार साँझ थाहा नगरपालिका वडा नम्बर ३ स्थित सडकखण्डमा डाँडाखर्कबाट शिखरकोट तर्फ जाँदै गरेको ना ७ ख ७६६४ नम्बरको मिनि ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रकमा लुकाई छिपाई ल्याएको १ सय ४ किलो लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

उक्त लागूऔषध गाँजा ,मिनिट्रक सहित ट्रकका चालक घिसिङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*