बिहीबार मकवानपुरमा ३५ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
१० भाद्र २०७८, बिहीबार १४:१२
;

मकवानपुर । बिहीबार मकवानपुरमा ३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ८२ जनाको पिसिआर र ३४ जनाको एन्टिजेन गरी जम्मा १ सय १६ जनाको कोरोना परिक्षण गर्दा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १४ हजार ६ सय १९ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार २ सय ३१ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा २ सय २९ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ५९ जनाको मृत्यु भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*