बिहीबार मकवानपुरमा ८ जनाले जिते कोरोना

हेटौडा न्युज
१० भाद्र २०७८, बिहीबार १४:२०
;

मकवानपुर। बिहीबार मकवानपुरमा ८ जना कोरोना भाइरस सङ्क्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना पुष्टि भएकोमा ८ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १४ हजार ६ सय १९ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार २ सय ३१ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा २ सय २९ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ५९ जनाको मृत्यु भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*