अबैध काठ सहित २ जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले ३५ क्युफिट अबैध काठ सहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नम्बर २ बस्ने २८ वर्षीय सुमन लामा र सोही स्थान बस्ने २९ वर्षीय सुवाष गोले रहेका छन् ।
बिहीबार बिहान भिमफेदी गाउँपालिका वडा नम्बर २ स्थित सडक खण्डमा हेटौडाबाट भैसे तर्फ जाँदै गरेको बा ९ च ५९१२ नम्बरको पिकअप गाडीलाई चेकजाँच गर्दा उक्त गाडीमा लुकाई छिपाई ल्याएको अबैध काठ ५ थान ३५ क्युफिट फेला परेको प्रहरीले जनाएको छ ।
उक्त काठ र गाडी सहित उनीहरुलाई नियन्त्रणमा लिई आवश्यिक कारवाहिको लागी डिभिजन वन कार्यालय राप्ती, मनहरी मकवानपुर पठाइएको प्रहरीले जनाएको छ ।










