भीमफेदी–कुलेखानी सडक अवरुद्ध
मकवानपुर । निरन्तर वर्षाको कारण पहिरो जाँदा हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाण्डौ जोड्ने छोटो दूरीको सडक भीमफेदी–कुलेखानी सडक अवरुद्ध भएको छ ।
गएराति भीमफेदी गाउँपािलका वडा नम्बर ६ को देउराली नजिक पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । उनका अनुसार पहिरो पन्छाउने तयारी भईरहेको छ ।










