राप्ती खोलामा ट्रक खस्दा एक जनाको मृत्यु २ जना घाईते

हेटौडा न्युज
११ भाद्र २०७८, शुक्रबार १०:३८
;

मकवानपुर । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर –१ स्थित सुपारेटार ब्यारेक नजिक राप्ती खोलामा मालवाहक ट्रक खस्दा एक जनाको घटना स्थलमा मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा सिन्धुली जिल्ला लम्पटार वडा नम्बर १ बस्ने २८ वर्षीय भोजराज बस्नेत रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । यस्तै दुर्घटनामा परी ट्रकका चालक मोरङ जिल्ला सुन्दरहरैचा वडा नम्बर ८ बस्ने ३१ वर्षीय राजन बास्कोटा र सहचालक सोही ठाउँ बस्ने २४ वर्षीय सरोज आचार्य घाईते भएका छन् ।

घाईते भएका बास्कोटाको चुरेहील अस्पतामा उपचार भईरहेको छ भने सहचालक आचार्यलाई थप उपचारको लागि काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान फलाम बोकेर काठमाण्डौ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८७५९ नंबरको आईचर ट्रक आफै अनियन्त्रित भई खोलामा खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*