शुक्रबार मकवानपुरमा ५५ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
११ भाद्र २०७८, शुक्रबार १५:१४
;

मकवानपुर । शुक्रबार मकवानपुरमा ५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ सय ९ जनाको पिसिआर र ३३ जनाको एन्टिजेन गरी जम्मा १ सय ४२ जनाको कोरोना परिक्षण गर्दा ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

हालसम्म जिल्लामा १४ हजार ६ सय ७४ जनामा कोरोना पुष्टि भएकोमा १४ हजार २ सय ३७ जना सङ्क्रमण मुक्त भएका छन् ।

अहिले मकवानपुरमा २ सय ७७ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाकै कारण मकवानपुरमा हाल सम्म एक सय ६० जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*