कारितास नेपालद्वारा स्वास्थ्य सामग्री सहयोग

हेटौडा न्युज
१२ भाद्र २०७८, शनिबार १७:४८
;

मकवानपुर । कारितास नेपालले कोभिड १९ प्रतिक्रिया योजना २०२१ अन्र्तगत ११ जिल्लाका विभिन्न अस्पतालहरुमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

२०२१ जून २० देखि सेप्टेम्बेर २०२१ सम्म सञ्चालन हुने परियोजना अन्र्तगत देशभर ११ ओटा जिल्लाका विभिन्न अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकेको छ । समाज कल्याण परिषद बाट स्वीकृति लिई कारितास नेपालले देशभर ११ जिल्लाका अस्पतालमा क्याथोलिक रिलिफि सर्भिसको प्राबिधिक सहयोगमा परियोजना सञ्चालन गरिरहेको छ ।

परियोजनाले काठमाडौँमा रहेको वीर अस्पतालमा भदौ ९ गते बाट कोरोना सङ्क्रमित बिरामीहरुलाई स्वास्थ्य सामग्री आईशोलेसन किट वितरण गरिरहेको छ । अस्पतालमा भर्ना भएका विरामीहरु र कुरुवाबाट थप सङ्क्रमण फैलन नदिन स्वास्थ्य सामग्री वितरण गरिएको परियोजना प्रमुख मनिन्द्र मल्लले जानकारी दिए । संस्थाले देशभर ११ जिल्लाका २० ओटा विभिन्न अस्पतालहरुमा छब्बीस लाख मूल्य बराबरको मेडिकल सामग्री वितरण गरिसकेको परियोजना प्रमुख मल्लले जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*