पहिरोका कारण हेटौंडा–काठमाडौं सडक अवरुद्ध
मकवानपुर । गएराति देखिको निरन्तर वर्षाको कारण इन्द्रसरोबर गाउँपालिकाको थिङ्डाँडामा पहिरो जाँदा हेटौंडा–काठमाडौं जोड्ने छोटो दूरीको सडक मार्ग अवरुद्ध भएको छ ।
आईतबार बिहान इन्द्रसरोबर ३ थिङ्डाँडामा पहिरो जाँदा उक्त सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जनाकारी दिए । उनका अनुसार लेदो माटो सहितको ठूलो पहिरो खसेको र वर्षा भईरेहको हुँदा पहिरो पन्छाउन समस्या भएको छ ।










