९५ जना प्रहरी जवानहरु दिक्षित भई कार्यक्षेत्र तर्फ लागे

हेटौडा न्युज
१५ भाद्र २०७८, मंगलवार १४:१९
;

मकवानपुर । बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौंडामा आज ९५ जना प्रहरी जवानहरु दिक्षित भई कार्यक्षेत्र तर्फ लागेका छन् ।

दश महिने आधारभूत तालिम पश्चात उनीहरु सेवाका लागी योग्य भएपछि आजबाट कार्यक्षेत्र तर्फ लागेका हुन् । बागमती प्रदेश सशस्त्र प्रहरी गण रातोमाटे र दंगा प्रहरी नियन्त्रण गणका प्रहरी जवान आधारभूत तालिम ६ -२०१ औं समूहको संयुक्त दिक्षान्त समारोहमा संघीय प्रहरी इकाई कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो ।

वरिष्ठ उपरीक्षक ज्ञवालीले दिक्षित भएका जवानहरुलाई शान्ति सुरक्षा र अमनचयन कायम गर्दे ईमान्दारी पुर्वक सेवा गर्न निर्देशन दिएका छन् । दिक्षान्त समारोहमा तालिमको समयमा उत्कृष्टता प्रदर्शन गर्ने जवानहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*